२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

उपकरण खरिदमा स्वास्थ्य मन्त्रालयमा करोडौंको घोटाला !

उपकरण खरिदमा स्वास्थ्य मन्त्रालयमा करोडौंको घोटाला !
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सामग्री खरिदमा करोडौं रुपैयाँको घोटाला भएको तथ्य फेला परेको छ । तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले टेन्डर आह्वानमै मिलेमतो गरेर करोडौंको घोटाला गरेका हुन् ।

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य विभागले चालु आर्थिक वर्षको साढे ६ महिनामै ३ अर्ब १७ करोड रुपैयाँ बराबरको टेन्डर आहवान गरेको थियो । यी मध्ये अधिकांश टेन्डर निश्चित कम्पनीलाई मात्र दिने गरी स्पेसिफिकेसन नै लक्ड गरेको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले आफूअनुकूल खरिद टिम बनाएर र निश्चित सल्यायर्सलाई ठेक्का दिएको पाइएको हो । उपकरणलगायतका सामान खरिद गर्ने जिम्मेवार निकायमा मन्त्री बस्नेतले आफूअनुकूलका कर्मचारी राखेका थिए । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता कौशल मिश्रा, व्यवस्थापन महाशाखाको निर्देशकमा वीर अस्पतालमा रहेका डा. श्रवण थापालाई मन्त्रीले लगेका थिए । त्यसैगरी महाशाखाका खरिद शाखामा अख्तियारमै दर्जनभन्दा बढी उजुरीमा छानबिनमा रहेका डा. सुरेन्द्र चौरासीया प्रमुख छन् । जो पहिला अख्तियारको काबराहीमा परी ५ वर्ष निलम्ब्नमा परेका व्यक्ति हुन् ।

स्पेसिफिकेसन लक गर्न यो समूहलाई बायो मेडिकल इन्जिनियर आशिष चौहान र करारमा राखिएकी बायो मेडिकल इन्जिनियर पदमा मिश्राले सहयो गरेको देखिन्छ ।

विभागले निकाल्ने टेन्डरमा सेटिङका लागि सिन्धुपाल्चोकका स्वास्थ्य उपकरण व्यवसायी यज्ञ भण्डारी र मन्त्री बस्नेतका भाई राजकुमार बस्नेत सक्रिय देखिन्छन् । मन्त्रीका भाईको निजी कार्यालयमा आपूर्तिकर्ता बोलाएर टेन्डर सेटिङ गरी डा. चौरसियामार्फत् विभागमा काम गराइएको थियो ।

विभागले बोलपत्र आह्वान गर्दा यज्ञ भण्डारी र विमल उप्रेतीको स्वामित्व रहेको म्याक्स मेडिटेक सिस्टम प्रा.लिलाई सेटिङमै ठेक्का दिइएको थियो । गत फेब्रुअरी १४ मा विभागले प्रकाशित गरेको बोलपत्र छनोटको सूचनामा सो कम्पनिले २९ करोड ९६ लाख रुपैयाँमा २०० सेट पोर्टेवल युएसजी मेसिन खरिदको ठेक्का पारेको थियो ।

कम्पनीले एक सेट पोर्टेवल युएसजी मेसिनको १५ हजार डलरभन्दा बढी मूल्यमा विभागले सहमति दिएको छ । जबकी सोही कम्पनीले अन्य अस्पताललाई प्रतिसेट ८ हजार डलरमा विक्री गर्दै आएको स्रोतले बताएको छ । अमेरिकास्थित जिई हेल्थ केयरले उत्पादन गरेको भिस्क्यान पोर्टेबल युएसजी मेसिनको मुल्य वेभसाइटमै जम्मा ४ हजार ८ सय ५५ डलर उल्लेख गरेको छ । तर, विभागले भने सोही उपकरणको मूल्य १५ हजार डलरभन्दा माथिमा स्विकृत दिएर खरिद प्रक्रिया टुंग्याएको हो । विभागकै स्विकृति अनुसार खरिदकर्ताले एलसी खोलेर सामान ल्याउने अन्तिम चरणमा पुगेको छ ।

सन् २०२३ मा जिई हेल्थकेयरले यो प्रविधि नेपालमा पनि सार्वजनिक गरेको थियो ।

वायरलेस, ह्याण्डहेल्ड अल्ट्रासाउन्ड सिस्टम डिजाइन गरिएको थियो । भिस्क्यान एयर नामक यो पोर्टेवल युएसजी मेसिनले पुरा शरिरको स्क्यान गर्न सक्ने क्षमता राख्छ । यसको आधिकारीक वेभसाइटमै जम्मा ४ हजार ८ सय ५५ डलर अर्थात करिब ६ लाख ४७ हजार २ सय ५० रुपैयाँ प्रति सेट पर्न आउँछ । यसरी हिसाब गर्दा २ सय सेटको मुल्य १२ करोड ९४ लाख रुपैयाँ हुन आउँछ । तर, विभागले भने २ सय सेटकै लागि उक्त कम्पनीलाई करिब ३० करोड रुपैयाँको बोलपत्र स्विकृत गरेको छ ।

स्रोतका अनुसार हाल खरिदको ठेक्का पाएका भण्डारी निवर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निकट व्यक्ति हुन् । यो खरिद प्रक्रिया पहिलेदेखि नै विवादमा आएपछि राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको थियो । गत कात्तिक ९ गते नै छानबिनका लागि स्वास्थ्य विभागलाई सतर्कता केन्द्रले पत्राचार गरेको थियो । पत्रको बेवास्ता गर्दै विभागले खरिद प्रक्रिया अघि बढाएको हो ।