• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी ★   डीपी अर्यालको सम्पत्तिः १५० तोला सुन, हिरा १० तोला ★   महासेठको सम्पत्तिः दुईवटा घर, सवा दुई करोड बैंक ब्यालेन्स ★   नारायणकाजीको सम्पत्तिः प्रधानमन्त्रीले दिएको गाडी चढ्ने, खातामा १ लाख २२ हजार रुपैयाँ ★   सरकारले प्रतिपक्षलाई पेलेर गयो भन्ने कुरा सत्य होइन: कानूनमन्त्री गिरी ★   कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ? ★   गृहमन्त्रीको सम्पत्तिः ८० तोला सुन, दुईवटा बैंकमा एक लाख १० हजार रुपैयाँ ★   पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम ★   कति छ प्रधानमन्त्री ‘प्रचण्ड’को सम्पत्ति ? ★   जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भिरतापूर्वक लेओस्: राष्ट्रपति

उपकरण खरिदमा स्वास्थ्य मन्त्रालयमा करोडौंको घोटाला !



काठमाडौं । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सामग्री खरिदमा करोडौं रुपैयाँको घोटाला भएको तथ्य फेला परेको छ । तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले टेन्डर आह्वानमै मिलेमतो गरेर करोडौंको घोटाला गरेका हुन् ।

स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य विभागले चालु आर्थिक वर्षको साढे ६ महिनामै ३ अर्ब १७ करोड रुपैयाँ बराबरको टेन्डर आहवान गरेको थियो । यी मध्ये अधिकांश टेन्डर निश्चित कम्पनीलाई मात्र दिने गरी स्पेसिफिकेसन नै लक्ड गरेको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले आफूअनुकूल खरिद टिम बनाएर र निश्चित सल्यायर्सलाई ठेक्का दिएको पाइएको हो । उपकरणलगायतका सामान खरिद गर्ने जिम्मेवार निकायमा मन्त्री बस्नेतले आफूअनुकूलका कर्मचारी राखेका थिए । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता कौशल मिश्रा, व्यवस्थापन महाशाखाको निर्देशकमा वीर अस्पतालमा रहेका डा. श्रवण थापालाई मन्त्रीले लगेका थिए । त्यसैगरी महाशाखाका खरिद शाखामा अख्तियारमै दर्जनभन्दा बढी उजुरीमा छानबिनमा रहेका डा. सुरेन्द्र चौरासीया प्रमुख छन् । जो पहिला अख्तियारको काबराहीमा परी ५ वर्ष निलम्ब्नमा परेका व्यक्ति हुन् ।

स्पेसिफिकेसन लक गर्न यो समूहलाई बायो मेडिकल इन्जिनियर आशिष चौहान र करारमा राखिएकी बायो मेडिकल इन्जिनियर पदमा मिश्राले सहयो गरेको देखिन्छ ।

विभागले निकाल्ने टेन्डरमा सेटिङका लागि सिन्धुपाल्चोकका स्वास्थ्य उपकरण व्यवसायी यज्ञ भण्डारी र मन्त्री बस्नेतका भाई राजकुमार बस्नेत सक्रिय देखिन्छन् । मन्त्रीका भाईको निजी कार्यालयमा आपूर्तिकर्ता बोलाएर टेन्डर सेटिङ गरी डा. चौरसियामार्फत् विभागमा काम गराइएको थियो ।

विभागले बोलपत्र आह्वान गर्दा यज्ञ भण्डारी र विमल उप्रेतीको स्वामित्व रहेको म्याक्स मेडिटेक सिस्टम प्रा.लिलाई सेटिङमै ठेक्का दिइएको थियो । गत फेब्रुअरी १४ मा विभागले प्रकाशित गरेको बोलपत्र छनोटको सूचनामा सो कम्पनिले २९ करोड ९६ लाख रुपैयाँमा २०० सेट पोर्टेवल युएसजी मेसिन खरिदको ठेक्का पारेको थियो ।

कम्पनीले एक सेट पोर्टेवल युएसजी मेसिनको १५ हजार डलरभन्दा बढी मूल्यमा विभागले सहमति दिएको छ । जबकी सोही कम्पनीले अन्य अस्पताललाई प्रतिसेट ८ हजार डलरमा विक्री गर्दै आएको स्रोतले बताएको छ । अमेरिकास्थित जिई हेल्थ केयरले उत्पादन गरेको भिस्क्यान पोर्टेबल युएसजी मेसिनको मुल्य वेभसाइटमै जम्मा ४ हजार ८ सय ५५ डलर उल्लेख गरेको छ । तर, विभागले भने सोही उपकरणको मूल्य १५ हजार डलरभन्दा माथिमा स्विकृत दिएर खरिद प्रक्रिया टुंग्याएको हो । विभागकै स्विकृति अनुसार खरिदकर्ताले एलसी खोलेर सामान ल्याउने अन्तिम चरणमा पुगेको छ ।

सन् २०२३ मा जिई हेल्थकेयरले यो प्रविधि नेपालमा पनि सार्वजनिक गरेको थियो ।

वायरलेस, ह्याण्डहेल्ड अल्ट्रासाउन्ड सिस्टम डिजाइन गरिएको थियो । भिस्क्यान एयर नामक यो पोर्टेवल युएसजी मेसिनले पुरा शरिरको स्क्यान गर्न सक्ने क्षमता राख्छ । यसको आधिकारीक वेभसाइटमै जम्मा ४ हजार ८ सय ५५ डलर अर्थात करिब ६ लाख ४७ हजार २ सय ५० रुपैयाँ प्रति सेट पर्न आउँछ । यसरी हिसाब गर्दा २ सय सेटको मुल्य १२ करोड ९४ लाख रुपैयाँ हुन आउँछ । तर, विभागले भने २ सय सेटकै लागि उक्त कम्पनीलाई करिब ३० करोड रुपैयाँको बोलपत्र स्विकृत गरेको छ ।

स्रोतका अनुसार हाल खरिदको ठेक्का पाएका भण्डारी निवर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निकट व्यक्ति हुन् । यो खरिद प्रक्रिया पहिलेदेखि नै विवादमा आएपछि राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको थियो । गत कात्तिक ९ गते नै छानबिनका लागि स्वास्थ्य विभागलाई सतर्कता केन्द्रले पत्राचार गरेको थियो । पत्रको बेवास्ता गर्दै विभागले खरिद प्रक्रिया अघि बढाएको हो ।