१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मीरा: स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक, अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको कथा



अ+ अ-

काठमाडौं। नेपाली चलचित्र ‘मीरा: स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ। साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा दर्साइएको छ।

एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा चलचित्र बनेको चलचित्रकी प्रमुख अभिनेत्री तथा निर्देशक अनिता पण्डितले बताइन्। अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो चलचित्रले अहम् भूमिका खेल्ने विश्वास अनिताको छ।

केही दिनपछि केही लक्षित दर्शकहरूको लागि विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन्। हल रिलिजको लागि पनि चलचित्र तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाइन्।

यस चलचित्रमा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले यो चलचित्र निर्माण गरेको हो।