• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

राष्ट्रिय परिचय पत्र बनाउन जिप्रका काठमाडौँमा सर्वसाधारणको भिड, बिहान ३ बजेदेखि लाईनमा (भिडियोसहित)



file

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा यतिबेला राष्ट्रिय परिचय पत्र बनाउनका लागि सर्वसाधारणको भीड देखिन्छ । सर्वसाधारण राष्ट्रिय परिचय बनाउनका लागि बिहान ३ बजेदेखि जिल्ला प्रशासन कार्यालयको गेट अगाडि लाइन लागेर बसिरहेका छन् ।

खासगरी ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचय पत्र अनिवार्य भएकाले विदेश जान खोज्नेहरुको बढी भिड जिल्ला प्रशासन कार्यालयमा लाग्ने गरेको हो । काठमाडौँ प्रशासनले दिनको २०० वटा टोकन वितरण गर्ने भएकाले पनि बिहान चाँडै गएर टोकन लिनका लागि सर्वसाधारणको भीड लागेको हो ।

राष्ट्रिय परिचय पत्र बनाउन सरकारले ७७ वटै जिल्लाबाट सुबिधा गरेको छ । तर पनि अधिकांश मानिसको केन्द्रिकरण काठमाडौँ उपत्यका नै भएको हुनाले यहीँबाट परिचय पत्र बनाउन आउनेहरुको भिड बढ्ने गरेको हो ।

सर्वसाधारणहरु आफुहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन रातिदेखि नै लाईनमा आएर बस्नुपर्दा धेरै नै गार्हो भएको पनि बताउँछन् । सरकारले राष्ट्रिय परिचय पत्र बनाउनको लागि अनलाईन फारमको सुबिधा गरेपनि अझैपनि धरै सर्वसाधारणहरु यसबारे अनविज्ञ देखिन्छन् ।