• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

इन्द्र बम मल्लको ‘नेपाली कथा’ सार्वजनिक



काठमाडौँ । नवगायक इन्द्र बम मल्लको नयाँ गीत ‘नेपाली कथा’ सार्वजनिक भएको छ । सो नयाँ गीतमा गायक मल्लका शब्द तथा संगीत रहेको छ भने पाश्र्व स्वर गायिका संगीता राना प्रधानको रहेको छ ।

गायक मल्लसँगै सो गीतको भिडियोमा वरिष्ठ कलाकार मिथिला शर्मा पनि रहेकी छिन् । त्यसैगरी कलाकारहरु आशा थापा, लिना थापा, ममिता पुन, कृति मल्ल ठकुरी, सन्तोष थापाको पनि सो गीतो भिडियोमा अभिनय रहेको छ । उक्त गीतमा बाल कलाकारका रूपमा समय–शिवांशले पनि अभिनय गरेका छन् ।

उक्त गीतको भिडियोमा शम्भु चालिसेको छायांकन छ भने नवीन घर्तीमगरको सम्पादन रहेको छ । त्यसैगरी सो गीतको निर्देशन भने हेमराज आश्रमले गरेका छन् ।
उनले गीत मार्फत् वर्तमान नेपाली समाजको यथार्थ चरित्रलाई कला सिर्जनामा चित्रण गर्दैै नेपाली समाजको कथा र घर–घरको व्यथालाई आफ्नै युट्युब च्यानलबाट यो गीत बजारमा ल्याएका हुन् ।

बागलुङ जिल्लामा जन्मिएका मल्ल सानैदेखि गीत गाउने गर्थे । विद्यालय समयमा विद्यालयमा हुने विविध सांस्कृतिक कार्यक्रमका साथै गाउँघरमा हुने स्थानीय लोक तथा अन्य सांस्कृतिक कार्यक्रमबाट गीत गाउन सुरु गरेका उनले अहिले यो नयाँ गीत बजारमा ल्याएका हुन् ।

उनी मादल, मुरली तथा हार्मोनियम बजाउन पनि सिपालु छन् । पढाइमा पनि अब्बल उनमा सङ्गीतप्रति गहिरो मोह रहेकाले नै विसं २०६५ मा ललितकला क्याम्पस, काठमाडौँमा अध्ययन सुरु गरेका हुन् । उनले शास्त्रीय सङ्गीतको मूल भनेर चिनिने भारतको काशी हिन्दु विश्वविद्यालय बनारसमा विसं २०६८ मा पूर्ण छात्रवृत्तिमा स्नातक र स्नातकोत्तर अध्ययन गर्ने अवसर पाएका छन् ।

सङ्गीतमा विशेष ज्ञान हासिल गरेर आफ्नै देशमा केही गरौँ भन्ने अभिलाषा बोकी उनी २०७६ सालमा स्वदेश फर्किए र त्यसपछि आफ्नै पाठशाला इन्स्टिच्युट अफ म्युजिक एण्ड आर्टमामा सङ्गीत सिकाउन थालेका छन् ।

शास्त्रीय सङ्गीतलाई सबै सङ्गीतको जननी ठान्ने उनी “कला सामाजिक हित उपयोगी हुनुपर्छ” भन्ने दर्शन अनुरुप नेपाली समाजलाई सङ्गीतको माध्यमबाट सकारात्मक सन्देश र सचेतना फैलाउन चाहन्छन् । पछिल्लो समयमा उनले वर्तमान नेपाली समाजको यथार्थ चरित्रलाई कला सिर्जनामा चित्रण गर्दैै नेपाली समाजको कथा र हाम्रो घर–घरको व्यथालाई आफ्नै यूटुबच्यानल बाट नेपाली कथा बोलको गीत बजारमा ल्याएका छन् । उनले गीतमा युवाहरूको विदेश पलायन र बेरोजगारीको समस्यालाई कलात्मक र प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् ।

शास्त्रीय सङ्गीतलाई सबै सङ्गीतको जननी ठान्ने उनी “कला सामाजिक हित उपयोगी हुनुपर्छ” भन्ने दर्शन अनुरुप नेपाली समाजलाई सङ्गीतको माध्यमबाट सकारात्मक सन्देश र सचेतना फैलाउन चाहन्छन् । उनले गीतमा युवाहरूको विदेश पलायन र बेरोजगारीको समस्यालाई कलात्मक र प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् ।