• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात ★   नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो: विप्लव ★   कसैलाई आरोप लगाएको छैन, समाचार सदनमा पढेर सुनाएको हुँ – गृहमन्त्री ★   गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु

नाउपाको विवाद: रेशम-रञ्जिता पक्षबीच कुटाकुट



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र रेशम चौधरी पक्षबीच हात हालाहाल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षबीच कुटाकुट भएको हो । रञ्जिता सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम पक्षले प्रतिपक्षमा बस्नुपर्ने अडान लिएको छ ।

सोही क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको थियो । उनीहरु दुवै जना रञ्जिता पक्षधर हुन् ।