१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा सभामुख सापकोटाले सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ हुने भएको हो । सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्दैछन् । 

शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्तिबिरुद्ध राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सहित ३९ जनालाई विपक्षी बनाएर रिट दर्ता गराएका थिए । 

न्यायाधीश ढुंगानाको चार नम्बर इजलासमा ‘ग’ नम्बरमा रिटको पेशी राखिएको छ ।