२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज महाभिडन्तः म्यान्चेस्टर सिटी र आर्सनल आमनेसामने



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आईतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्राइटनको स्वागत गर्दैछ ।

यस्तै आज राति अर्को विशेष खेल हुँदैछ । उपाधि होडमा रहेका म्यान्चेस्टर सिटी र आर्सनल आमनेसामने हुँदैछन् । त्यसो त लिभरपुल पनि उपाधि होडमा बलियो रुपमा अघि बढिरहेको छ । तर, आजको सिटी र आर्सनलबीचको खेललाई महत्वपूर्ण रुपमा हेरिन्छ । सिटीको घरेलु मैदान इतिहाडमा आर्सनलले चुनौति पेश गर्नेछ ।

कुनै समय सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाका सहायक भई काम गरेका मिकेल आर्टेटाले गत सिजन र अहिलेको लयलाई हेर्दा आफूलाई प्रमाणित गरिसकेका छन् । यसअघि घरेलु मैदान इमिरेट्समा प्रिमियर लिग अन्तर्गत नै अक्टुबर ८ मा भएको खेलमा आर्टेटाको टिम आर्सनलले सिटीलाई १–० गोलले पराजित गरेको थियो ।

सिटी उक्त बदला लिने दाउमा छ भने आर्सनल सिटीलाई घरेलु मैदानमै हराएर अग्रता बढाउन चाहन्छ । जारी सिजनमा २८ म्याचवीक भइसकेका छन् भने अब १० खेलहरु बाँकी छन् ।

यस्तो अवस्थामा हार बेहोर्ने टोलीले ठूलो मूल्य चुकाउनुपर्नेछ । अंकतालिकामा आर्सनल र लिभरपुल ६४–६४ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहँदा सिटी ६३ अंकका साथ तेस्रो स्थानमा छ । तीनै टोलीले २८–२८ खेल खेलेका छन् ।

खेल समयः
लिभरपुल भर्सेस ब्राइटन – १८ः४५ बजे
म्यान्चेस्टर सिटी भर्सेस आर्सनल – २१ः१५ बजे