६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आज महाभिडन्तः म्यान्चेस्टर सिटी र आर्सनल आमनेसामने



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आईतबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्राइटनको स्वागत गर्दैछ ।

यस्तै आज राति अर्को विशेष खेल हुँदैछ । उपाधि होडमा रहेका म्यान्चेस्टर सिटी र आर्सनल आमनेसामने हुँदैछन् । त्यसो त लिभरपुल पनि उपाधि होडमा बलियो रुपमा अघि बढिरहेको छ । तर, आजको सिटी र आर्सनलबीचको खेललाई महत्वपूर्ण रुपमा हेरिन्छ । सिटीको घरेलु मैदान इतिहाडमा आर्सनलले चुनौति पेश गर्नेछ ।

कुनै समय सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाका सहायक भई काम गरेका मिकेल आर्टेटाले गत सिजन र अहिलेको लयलाई हेर्दा आफूलाई प्रमाणित गरिसकेका छन् । यसअघि घरेलु मैदान इमिरेट्समा प्रिमियर लिग अन्तर्गत नै अक्टुबर ८ मा भएको खेलमा आर्टेटाको टिम आर्सनलले सिटीलाई १–० गोलले पराजित गरेको थियो ।

सिटी उक्त बदला लिने दाउमा छ भने आर्सनल सिटीलाई घरेलु मैदानमै हराएर अग्रता बढाउन चाहन्छ । जारी सिजनमा २८ म्याचवीक भइसकेका छन् भने अब १० खेलहरु बाँकी छन् ।

यस्तो अवस्थामा हार बेहोर्ने टोलीले ठूलो मूल्य चुकाउनुपर्नेछ । अंकतालिकामा आर्सनल र लिभरपुल ६४–६४ अंकका साथ पहिलो र दोस्रो स्थानमा रहँदा सिटी ६३ अंकका साथ तेस्रो स्थानमा छ । तीनै टोलीले २८–२८ खेल खेलेका छन् ।

खेल समयः
लिभरपुल भर्सेस ब्राइटन – १८ः४५ बजे
म्यान्चेस्टर सिटी भर्सेस आर्सनल – २१ः१५ बजे