१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रचण्ड–माधव पक्ष अनेरास्ववियूले यसरी बुझायो बिरोधपत्र- भिडियोसहित



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिरोध पत्र लेखेको छ ।  

आइतबार अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटनको विरोध गर्दै लेखिएको पत्र प्रधानमन्त्रीलाई नै दिन चाहे पनि समय नदिए पछि पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिरोधपत्र दर्ता गर्न जाँदा पनि विरोध पत्र दर्ता नभएपछि अनेरास्ववियूले हनुमानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन समेत गरेको थियो । 

अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले देश गम्भिर संकटमा रहेको बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भएपनि समय नदिएकोमा आपत्ति जनाउनुभयो । आगामी दिनमा ओली सरकारका मन्त्रीको देश दौडाहामा विरोध प्रर्दशन गरिने सहसंयोजक तामाङ्गले बताउनु भयो ।

अनेरास्ववियूले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको विरोधमा निरन्तर विरोधको कार्यक्रम गर्दै आएको छ ।