९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्रधानमन्त्रीलाई प्रचण्ड–माधव पक्ष अनेरास्ववियूले यसरी बुझायो बिरोधपत्र- भिडियोसहित

प्रधानमन्त्रीलाई प्रचण्ड–माधव पक्ष अनेरास्ववियूले यसरी बुझायो बिरोधपत्र- भिडियोसहित
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रतिनिधि सभा विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिरोध पत्र लेखेको छ ।  

आइतबार अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई प्रतिनिधि सभा विघटनको विरोध गर्दै लेखिएको पत्र प्रधानमन्त्रीलाई नै दिन चाहे पनि समय नदिए पछि पत्रको ठूलो ब्यानर बनाएर प्रदर्शन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिरोधपत्र दर्ता गर्न जाँदा पनि विरोध पत्र दर्ता नभएपछि अनेरास्ववियूले हनुमानस्थित सडकमा नाराबाजी तथा प्रदर्शन समेत गरेको थियो । 

अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले देश गम्भिर संकटमा रहेको बेलामा युवा विद्यार्थीको तर्फबाट प्रधानमन्त्री ओलीसमक्ष आफ्नो भावना तथा धारणा राख्नु कर्तव्य ठानी प्रयास गरिएको भएपनि समय नदिएकोमा आपत्ति जनाउनुभयो । आगामी दिनमा ओली सरकारका मन्त्रीको देश दौडाहामा विरोध प्रर्दशन गरिने सहसंयोजक तामाङ्गले बताउनु भयो ।

अनेरास्ववियूले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको विरोधमा निरन्तर विरोधको कार्यक्रम गर्दै आएको छ ।