३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरभन्दा सुन्दर शौचालय बनेपछि दङ्ग छ लहानको दलित समुदाय



अ+ अ-

लहान (सिरहा) । सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलका दलित समुदायका शौचालय घरभन्दा सुन्दर बनेपछि सो समुदायका सदस्य दङ्ग छन् ।

गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान, नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा चारवटा सामुदायिक शौचालय निर्माण भएका छन् । घर नजिकै शौचालय बनेपछि टोलका करिब डेढ सयभन्दा बढी दलित घरपरिवारका सदस्य दङ्ग छन् ।

खुट्टीखोलाको वारि र पारि दुवै किनारमा मुसहर समुदायको बसोवास छ । त्यहाँ सुविधासम्पन्न अपाङ्गतामैत्री शौचालय बनेको छ । दलितबस्तीका सदस्य विजय सदाय “घरभन्दा राम्रो शौचालय बन्छ भनेर हामीले कल्पाना पनि गरेका थिएनौँ । चर्पी बनेसँगै खुट्टीखोलाको वरिपरि जताततै दिसा–पिसाब गर्ने कार्य रोकिएको छ । यसले वरिपरिको वातावरणमा समेत सुधार आउँदा हामी टोलवासी निकै खुसी छौँ”, भन्नुहुन्छ ।

शौचालय र खोपानीको अभाव देखेपछि आफ्नो क्लबले विकन परियोजनाअन्तर्गत लहानका विभिन्न वडामा रहेका दलित समुदाय र विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता अभियान सञ्चालन गरी समतामूलक समाज निर्माण गर्ने उद्देश्यले गतिविधि सञ्चालन गरिएको दलित जनकल्याण युवा क्लब लहानका अध्यक्ष उमेश विसुङ्केले जानकारी दिनुभयो । उहाँका अनुसार हाल क्लबले २७ वटा विद्यालय र पाँचवटा दलित समुदायमा वडाको समन्वयमा शौचालय मर्मत तथा निर्माण गरिएको छ ।

शौचालय निर्माणपछि सरसफाइ र स्वच्छतासम्बन्धी समुदाय तथा बालबालिकामा परिवर्तन देखापरेको परियोजनाका निर्देशक महेश ढुङ्गानाले बताउनुभयो । स्वच्छ खानेपानी र उचित सरसफाइ व्यक्ति वा वर्गविशेषका लागि मात्र नभई सबैलाई नभई अपरिहार्य भएको भन्दै निर्देशक ढुङ्गानाले लहान नगरपालिकाको २७ वटा सामुदायिक विद्यालयमा चार वर्षमा नौ हजार आठ सय ९९ विद्यार्थी र दुई सय आठ जना शिक्षक शिक्षिका यस परियोजनाबाट लाभान्वित भएका जानकारी दिनुभयो ।

नगरपालिकासँग समन्वय गरी विभिन्न वडाका दलित बस्ती तथा विद्यालयमा खानेपानी र शौचालय निर्माण गरेर विकन परियोजनाले प्रशंसनीय काम गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । उहाँले नगरपालिकाका तर्फबाट उक्त आयोजनाको व्यवस्थापनमा ध्यान दिई दिगोपनाका लागि जोड दिने प्रतिबद्धत व्यक्त गर्नुभयो । रासस