२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोभारमा सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी



अ+ अ-

काठमाडौं । काठमाडौंस्थित चोभारमा निर्माण थालनी गरिएको सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको जिम्मेवारी पाएकोमा बन्दरगाहको अन्तिम चरणको काम शुरू भएको जानकारी समितिले दिएको छ । २०७५ माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाह निर्माणको शिलान्यास गर्नुभएको थियो । डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि काम सम्पन्न नहुँदा गत वर्ष निर्माणका लागि १ वर्ष समयावधि थपिएको थियो ।

वैशाख १३ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयावधि रहेकोमा थपिएको समयावधिभित्रै निर्माण सम्पन्न हुने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘तोकिएको समयमै हस्तान्तरण गर्नेगरी काम भइरहेको छ,’ उनले भने ।

हालसम्म सुक्खा बन्दरगाह निर्माणको ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शुरूमा स्थानीयको विरोध, पछि कोरोनाका कारण बीचमा लामो समय काम बन्द भएकाले काम केही ढिलो भए पनि अब फिनिसिङको मात्र काम बाँकी रहेकाले समयमै काम सकिने समितिका निर्देशक युवक डंगोलले बताए । ‘माटो परीक्षण, आरसीसी ढलान, जग र बिलडिङ निर्माणमा बढी समय लाग्छ,’ उनले भने, ‘अब फिनिसिङ बाहेकका काम सकिएकाले समयावधिभन्दा अघि नै सम्पूर्ण निर्माण काम सक्ने गरी काम भइरहेको छ ।’ आर्थिक अभियान दैनिकमा  काशीराम बजगाईंले लेखेका छन् । 




भर्खरै