२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या



अ+ अ-

काठमाडौं । पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। ०७०/७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। ०७६/७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।

प्रदेश १ मा बढी घटना भएको देखिन्छ। ०७४/७५ मा ३ सय ४८, ०७५/७६ मा ५ सय ४८, ०७६/७७ मा ४ सय ८५ र ०७७/७८ को पुससम्म ३ सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संख्यात्मक रूपमा प्रदेश १ मा धेरै घटना देखिए पनि वृद्धि भने सुदूरपश्चिममा देखिन्छ। प्रहरी मुख्यालयका अनुसार ०७४/७५ मा सुदूरपश्चिममा ९३ वटा बलात्कारका घटना भएका थिए। ०७५/७६ मा १ सय ७१, ०७६/७७ मा २ सय १ र ०७७/७८ को पुससम्म १ सय २३ वटा घटना भएको देखिन्छ। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।




भर्खरै