२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमै ४ वर्षीया बालिका बलात्कृत, १३ वर्षीय बालक पक्राउ



अ+ अ-

गोरखा । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ । विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ । यही माघ २१ गते यो घटना भएको हो । २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

बालिकाकी आमाले फोन गरेपछि आफूहरुलाई घटनाबारे थाहा भएको विद्यालयका प्रधानाध्यापकले भने । बालिकाको स्वास्थ्य अवस्थाले उनी बलात्कृत भएको आफूले थाहा पाएको बालिकाकी आमाले प्रहरीसमक्ष बताएकी छन् ।

बालिकाको गोरखा अस्पतालमा स्वास्थ्य जाँच गरिएको र अवस्था अहिले सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । नागरिक दैनिकमा समाचार छ ।