७ भाद्र २०८३, आईतवार
,
Latest
विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ नाडा अटो शोको तयारी तीव्र, भृकुटीमण्डपमा स्टल निर्माणको चटारो नीतिगत अस्पष्टता र अव्यावहारिक मापदण्डले प्राङ्गारिक मल उद्योग संकटमा गरिमा हत्या प्रकरणमा कानूनमन्त्री गौतमको आग्रह : ‘मिडिया ट्रायल नगरौँ, न्यायको प्रक्रिया नबिगारौँ’ कानून रातारात बन्दैन,अनुसन्धान नाराले पूरा हुँदैन, न्याय आक्रोशले मात्र प्राप्त हुँदैन च्यातिएका म्याटमा अभ्यास गरेर पदक जित्ने नेपालका उसु खेलाडीको लक्ष्य सुनको मूल्य बढ्यो १४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताले बैंगलोरलाई ७ विकेटले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल) को १० औं खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ७ विकेटले पराजित गरेको छ ।

कोलकाताको यो लगातार दोस्रो जित हो भने बैंगलोरले दोस्रो खेलमा हार बेहोरेको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा शुक्रबार भएको खेलमा कोलकाताले १६.५ ओभरमा ३ विकेट गुमाएर १८३ रनको लक्ष्य पुरा गरेको हो । श्रेयस अय्यर ३९ रन बनाएर अविजित फर्किए भने रिंकु सिंह ५ रन बनाएर अविजित फर्किए ।

वेंकटेश अय्यरले ५० रनको आक्रामक पारी खेले, सुनिल नारायणले ४७ रन र फिल साल्टले ३० रन जोडे । आरसीबीका यश दयाल, मयंक डागर र विजयकुमार वैशाखले एक–एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । विराट कोहलीले ५९ बलमा ८३ रनको इनिङ खेले । उनले ४ चौका र ४ छक्का प्रहार गरे । कोहलीले लिगमा ५२औँ अर्धशतक बनाएका छन् ।

क्यामरुन ग्रीनले ३३ र ग्लेन म्याक्सवेलले २८ रनको योगदान दिए । कोलकाताका आन्द्रे रसेल र हर्षित रानाले २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सुनिल नारायण भए । उनले २२ बलमा ४७ रनको उत्कृष्ट इनिङ खेलेका थिए भने एक विकेट पनि लिएका थिए ।

आजको खेलः लखनउ सुपर जायन्ट्स भर्सेस पञ्जाव किंग्स – साँझ ७ः४५ बजे