१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप



अ+ अ-

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोभिशिल्ड खोप आजबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई ईिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आगामी शुक्रबारसम्म खोप दिन लागिएको हो । खोप सिभिल अस्पताल नयाँ बानेश्वरबाट दिईने बताईएको छ । 

पहिलो चरणमा कोभिशिल्ड खोप नेपालका एक लाख ८४ हजार ८ सय ५७ जना स्वास्थ्यकर्मीलाई लगाइसकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरे लगत्तै विभिन्न स्थानबाट खोप लगाउन सुरु गरिएको थियो ।

 खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने चिकित्सकहरुले बताउँदै आएका छन् ।