५ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित



अ+ अ-

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ए आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको हो ।

आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै २०१ रनमात्रै बनायो । एकसमयमा नेपाल खेलमा फर्किसकेको थियो । तर, लोकेश र आरिफ आउट भएपछि नेपालले लगातार विकेट गुमायो ।

नेपालका लागि लोकेश बमले शतक बनाए । ५६ बल खेलेका बमले ८–८ चौका र छक्काको मद्दतमा १०६ रन जोडे ।

आरिफ शेखले ४९ र विनोद भण्डारीले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल, कमल ऐरी, राशिद खान, हेमन्त धामी खाता समेत नखोली पेभिलियन फर्किए ।

बलिङतर्फ आयरल्यान्डका लागि फिओन हाण्ड र म्याथ्यु हुम्फेरेसले ३–३ विकेट लिए भने म्याथ्यु फोस्टरले २ तथा थोमस मेइस र गाभिन होइले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको आयरल्याण्डले २० ओभरमा ५ विकेटको क्षतिमा २२२ रन जोड्यो ।

उसका लागि पिटर मुरले ४९, केड कारमाइकल र निल रकले ३८–३८, स्टेफन डोहेनीले ३४ रन जोड्दा ग्यारेथ डिलानी ३० रनमा तथा गाभिन होए १८ रनमा अविजित रहे । अन्तिम ओभरमा नेपालले २३ रन खान पुगेको थियो ।

बलिङतर्फ नेपाल ए का कमल ऐरीले ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।