३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

के तपाई पिरो खान डराउनु हुन्छ ? यस्ता छन् खुर्सानी खादाँको फाइदाहरु

के तपाई पिरो खान डराउनु हुन्छ ? यस्ता छन् खुर्सानी खादाँको फाइदाहरु
अ+ अ-

काठमाडौं । पिरो खुर्सानी प्राय धेरै मानिसहरुलाई मन पर्दैन । तर पिरो खुर्सानीका केही गुणकारी फाइदाहरु पनि छन् । सन्तुलित ढंगले खाँदा खुर्सानीले पनि फाइदा गर्ने विज्ञहरुको धारणा छ । यस्ता छन् खुर्सानी खानुका फाईदाहरु :

चिसोबाट बचाउछ – खुर्सानीको विशेषता पिरो र तातो हो । यसले शरिरलाई चिसो हुनबाट जोगाउछ । चिसो पेट फुलेको छ भने खुर्सानी राखेका परिकारले शरिरलाई फाईदा गर्छ ।

खाना पचाउन सहयोग गर्छ – विज्ञहरुका अनुसार खुर्सानीले पाचन पक्रियामा पनि सहयोग गर्छ ।त्यही भएर कतिपय चिनियाँ औषधीमा केही मात्रामा खुर्सानी मिसाईन्छ ।

तौल घटाउछ – खुर्सानीले तौल घटाउन पनि सहयोग गर्ने विज्ञहरु बताउछन् । सन् १९९८ मा गरिएको एक अध्यनमा रातो खुर्सानीले मेटाबोलिजम बृद्धि गर्ने र शरिरको उर्जा छिटो उपयोग गर्ने जनाइएको थियो । रातो खुर्सानीले भोक घटाउने भएकोले तौल घटाउन प्रभावकारी मानिन्छ ।

क्यान्सरसँग लड्ने क्षमता – सन् २००७ मा गरिएको एक अध्ययनमा खुर्सानीमा हुने क्युरकुमिनले क्यान्सरबिरुद्ध लड्न सहयोग गर्छ । नियमित खुर्सानी खाँदा प्रोटेस्ट क्यान्सर नहुने अध्ययनमा जनाइएको थियो । भारतीयमा प्रोटेस्ट क्यानन्सर तुलनात्मक रुपमा कम हुनु पनि उनीहरुको खुर्सानी खाने आदतसँग जोडिएको छ ।

फ्लुबाट जोगाउछ – खुर्सानीले शरिरको तापक्रम बढाउने भएकोले फ्लुबाट जोगाउछ । पिरो खानेकुराले पिनासबाट हुने समस्याबाट जोगाउछ । खुर्सानीले दम र ब्रोनकाईटिसबाट जोगाउने पनि विज्ञहरु बताउछन् ।

कस्ता व्यक्तिले खुर्सानी नखाने ?
हरेक खानेकुराको फाइदाँ र बेफाइदाँ हुन्छ । तपाई खुर्सानी खान सक्नुहुन्छ भन्दैमा धेरै परिमाणमा खानु हुदैन । आवशयकता भन्दा बढी खुर्सानी खाँदा ज्यान तात्ने, तालु तथा आखा पोल्ने र निद लाग्दैन । गर्मी हुने मानिसलाई त खुर्सानी विष समान मानिन्छ । खुर्सानीले मुख सुख्खा हुने, मानसिक रुपमा तनाब बढाउने , शौच गर्न गाहो हुने, पेट पोल्नेलगायतका समस्या हुन्छन् । ब्लड प्रेसर, कलेजोको रोग, डाबिटिज, किड्नी र मुटुको रोग छ भने खुर्सानी सेवन गर्दा साबधानी अप्नाउनुपर्छ । पेटको अल्सर भएका, पेटमा संक्रमण, बाथ रोगीले खुर्सानी खानु हुदैन । त्यस्तै ज्वरो आउदा, घाँटी दुख्दा, खोकी लाग्दा खुर्सानी खानुहुन्न ।  एजेन्सीको सहयोगमा