४ पुष २०८२, शुक्रबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । पहिलो ट्वान्टी–ट्वान्टी खेलमा आयरल्याण्डको ‘ए’ टोलीले नेपाल ‘ए’ क्रिकेट टोलीलाई २२३ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको आयरल्याण्डले २० ओभरमा ५ विकेटको क्षतिमा २२२ रन जोड्यो ।

उसका लागि पिटर मुरले ४९, केड कारमाइकल र निल रकले ३८–३८, स्टेफन डोहेनीले ३४ रन जोड्दा ग्यारेथ डिलानी ३० रनमा तथा गाभिन होए १८ रनमा अविजित रहे । अन्तिम ओभरमा नेपालले २३ रन खान पुगेको थियो ।

बलिङतर्फ नेपाल ए का कमल ऐरीले ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।

हिजोका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएको थियो ।