२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सेन्टरले गर्यो मिलन लिम्बूलाई बर्खास्त



अ+ अ-

काठमाडौँ । बैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न रास्वपा प्रवेश गरेका पत्रकार मिलन लिम्बूलाई प्रेस सेन्टरले बर्खास्त गरेको छ । माओवादी केन्द्रमा आवद्ध रहेका उनी पार्टीामा राजीनामा नदिईकनै रास्वपामा प्रवेश गरेको खुलेको छ । उनी माओवादीको उपत्यका विशेष प्रदेश समितिमा आवद्ध थिए भने माओवादीनिकट प्रेस सेन्टरको सचिव थिए ।

पार्टीबाट राजीनामा नै नदिई उपचुनाव लड्न अर्को पार्टी प्रवेश गरेपछि उनलाई प्रेस सेन्टरले बर्खास्त गरेको हो । बिहीबार प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले एक विज्ञप्ति जारी गर्दै लिम्बूलाई संगठनबाट बर्खास्त गरेको जनाएका छन् ।

‘प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारीमा रहेका मिलन लिम्बुले संगठनको नीति, विधि, विधान र आचरणविपरित विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनीक अभिव्यक्ति दिने तथा अनुशासनविपरित गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको र संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत वेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गर्दै त्यस्ता हर्कत र गतिविधि जारी राखेकोले संगठनको अनुसासन समितिको सिफारिसमा आजकै मितिदेखी सबै जिम्मेवारीबाट हटाइएको जानकारी गराइन्छ’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।