३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन शरिरमा थकाई लागिरहन्छ ? हेर्नुहोस् यस्तो छ कारण



अ+ अ-

काठमाडौं । तपाईको कामको प्रभावकारीता घटाइ रहेको हुनसक्छ । प्रशस्त निन्द्राको बाबजुत राम्रो खानपान गर्दागर्दै पनि निन्द्रा लाग्ने, झुम्म हुने, थकित महसुस गर्ने, हाई आउने, शरीरमा आलस्यता हुने भइरहेको छ भने थाहा पाउनुस्, तपाईको शरीरमा पानीको मात्रा पुगेन ।

तपाई कत्तिको पानी पिउनुहुनछ ?  व्यस्त जीवनशैलीको कारण तपाईले प्रशस्त पानी पिउनुभएको छ कि छैन ? हुन पनि हो आजकाल मानिसहरु निकै व्यस्त छन् । जसले गर्दा उनीहरु आफ्नो स्वास्थ्यलाई राम्ररी ध्यान समेत दिँदैनन् । तपाईलाई थाहा छ ? प्रशस्त पानी नपिउनाले स्वास्थ्यमा समस्या उत्पन्न हुन्छ ।अध्ययनअनुसार प्रशस्त पानी नपिउनाले थकाई लागिरहने समस्या उत्पन्न गराउँछ ।यसबाहेक यी हुन सक्छन् कारण स् 

आइरनको कमी – रगतमा आइरनको मात्रा कम हुँदा शरीरका बिभिन्न भागमा कम अक्सिजन पुग्छ र यसले तपाईलाई थकित बनाउँछ । आइरन प्रशस्त मात्रामा पाइने गेडागुडि, अन्डा, हरियो सागसब्जी खाने बानी बसाल्नुस् ।

ब्रेकफास्ट – ब्रेकफास्ट शरीरको मेटाबोलिज्म चुस्त राख्न मद्दत गर्छ बिहान हतार हतारमा ब्रेकफास्ट छाड्नुभयो भने दिनभरी नै  तपाई थकित रहने सम्भावना प्रवल हुन्छ । त्यसैले ब्रेकफास्टमा नियमित रहनुस् ।

अनियमित ब्यायाम –  यदि तपाई ब्यायाम गर्नुहुन्छ तर नियमित हुनुहुन्न भने ब्यायाम छाड्नुभएको दिन तपाई पूर्णरुपले चुस्त स्फूर्त रहन सक्नुहुन्न त्यसैले ब्यायामलाई नियमित बनाउनुस् ।

काममा लोड – कामको लोड धेरै महसुस गर्नु र तनाव लिनु हानिकारक छ । यसले  तपाईलाई फूर्तिलो रहन दिदैन । याद रहोस् तनावले विस्तारै विस्तारै तपाईलाई गलाई रहेको हुन्छ ।

मन आत्तिनु – यदी तपाईको मन स्थिर छैन भने तपाईको मनमा अनेक कुरा खेल्छ । यसकारण तपाईलाई खान मन लाग्दैन । अनि थकान महशुस हुनसक्छ । एजेन्सीको सहयोगमा