९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता

आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु

आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को १० औं खेलमा शुक्रबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दैछन् ।

बेलुरुको एम चिन्नास्वामी स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ । यो खेलको टस ७:१५मा हुनेछ ।

बेंगलुरुले विगत आठ वर्षदेखि घरेलु मैदानमा कोलकाताविरुद्ध जित निकालेको छैन। पछिल्लो पटक २०१५ मा बेंगलुरुले कोलकातामाथि जित हासिल गरेको थियो । त्यसयता पाँच खेल भइसकेका छन् र सबैमा कोलकाता विजयी भएको छ।

जारी सिजनमा शुक्रबार बेंगलुरुको तेस्रो र कोलकाताको दोस्रो खेल खेल्दैछ । जसमा बेंगलुरुले एउटा जित र एक हार बेहोरेको थियो । उता कोलकाताले भने विजयी सुरुवात गरेको छ ।

हेड टु हेड

आईपीएलको इतिहासमा कोलकाता बेंगलुरुमाथि हावी रहेको देखिन्छ । आरसीबी र केकेआरबीच अहिलेसम्म ३२ खेल खेलिएका छन् । जसमा कोलकाताले १८ र आरसीबीले १४ खेल जितेको छ । बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा यी दुई टोलीबीच अहिलेसम्म ११ वटा खेल भइसकेका छन् । जसमा कोलकाताले ७ र बेंगलुरुले ६ खेलमा जित हात पारेको छ ।

बेंगलुरुका स्टार ब्याट्सम्यान विराट कोहलीले पछिल्लो दुई खेलमा ९८ रन बनाएर टोलीको सर्वाधिक रन बनाउने खेलाडी हुन् । यस अवधिमा उनले अर्धशतक पनि बनाएका छन् । बलिङमा ग्लेन म्याक्सवेल शीर्ष स्थानमा छन् । उनले पहिलो दुई खेलमा २ विकेट लिएका छन् ।

कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक रन बनाएका छन् । उनले एक खेलमा ६४ रन बनाएका छन् । हर्षित रानाको नाममा सबैभन्दा बढी विकेट छ । उनले एक खेलमा तीन विकेट लिएका छन् ।

पिच रिपोर्ट

बैंगलोरको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याटिङमैत्री छ । यहाँ ब्याट्सम्यानले धेरै रन बनाएका छन् । यो पिचमा स्पिनरहरूले केही सहयोग पाउँछन्।

यस रंगशालामा हालसम्म ८९ आईपीएल खेल भइसकेकोमा पहिले ब्याटिङ गर्ने टोलीले ३७ खेल जितेको छ भने पछ्याउने टोलीले ४८ खेल जितेको छ ।

बेंगलुरुको मौसम अवस्था

शुक्रबार बेंगलुरुमा पानी पर्ने सम्भावना कम छ। आज यहाको तापक्रम ३५ देखि २२ डिग्री सेल्सियस रहनेछ। हावा १३ किलोमिटर प्रतिघण्टाको गतिमा चल्नेछ ।

रोयल च्यालेन्जर्स बैंगलोर बेंगलुरुको प्लेईङ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), अनुज रावत, अल्जारी जोसेफ, मयंक डागर, यश दयाल र मोहम्मद सिराज।

इम्पैक्ट प्लेयर्स: महिपाल लोमर

कोलकाता नाइट राइडर्सको प्लेईङ ११:

श्रेयस अय्यर (कप्तान), वेंकटेश अय्यर, फिल साल्ट, रिंकु सिंह, नितिश राणा, सुनील नारायण, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, हर्षित राना र वरुण चक्रवर्ती।

इम्पैक्ट प्लेयर्स: सुयश शर्मा