२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुमघामको गन्तव्य टौदह: काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल-फोटो फिचर



अ+ अ-

काठमाडौं । टौदह काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो । काठमाडौंको केन्द्रबाट सात किलोमिटरको दूरीमा दक्षिणकाली जाने बाटोमा रहेको टौदह कीर्तिपुर नगरपालिका वडा नं. १५ मा पर्दछ । नेवारी त: दहको अर्थ ठूलो पोखरी हो । यसको लम्बाइ ५ सय मिटर र चौडाइ ४ सय मिटर छ । यसको गहिराइ सुक्खा याममा ६ मिटर हुन्छ ।

३८ जातका बोटबिरुवा ३६ जातका कीरा र १ सय १६ प्रकारका पंक्षी यस क्षेत्रमा रहेका हुँदा टौदह जैविक अनुसन्धानका लागि वरदान सावित भएको छ । टौदहलाई ललितपुरको जात्रा आख्यान कीर्तिपुरको सभ्यतास्थल र काठमाडौँको सिमाना सम्पदा पनि भन्ने गरिन्छ ।

आख्यानअनुसार मञ्जुश्रीले उपत्यकाको पानी ह्रासिकाप चोभार छेदन गरी बाहिर पठाउँदा कर्कोटक नागराज रिसाएर अनिष्ट हुने भय सिर्जना गरिदिएछन् । तर बोधिसत्व मञ्जुश्रीले आह्वान गरी कर्कोटक नागराजलाई टौदहमा विराजमान गराई शान्ति कायम गराएको विश्वास गरिन्छ । उनै नागराजकी रानी आँखा दुख्ने रोगबाट ग्रस्त हुँदा ललितपुर निवासी एक ज्यापूले यो दहसम्म पुगी रानीको आँखा दुख्ने रोग निको बनाइदिएको बताइन्छ । त्यस घटनाबाट खुसी भएका नागराजले उपहारस्वरूप नवरत्न जडित भोटो ज्यापू जातिको भित्री पोशाक उपहार पठाइदिएछन् ।

 

किम्बदन्ती अनुसार नै ज्यापूले भोटो फुकालेर खेतमा काम गरिरहेको बेला आँखा छलेर एक ख्याक (नराम्रो आत्मा भएको मानव)ले ज्यापूको भोटो चोरी भागेछ । केही दिनपछि आफ्नो भोटो लगाई आइरहेको ख्याक र ज्यापूबीच जम्काभेट हुँदा घमासान युद्ध भएछ । आपसमा लडिरहेका ख्याक र ज्यापूलाई देखेपछि रातो मच्छिन्द्रनाथ बुंगद्योले दुवैलाई छुट्याएर भनेछन्– प्रमाणसहित भोटो लिन आउनू । जबसम्म प्रमाण ल्याउँदैनौ तबसम्म रत्नजडित यो भोटो मसँगै रहनेछ ।

ख्याकको त भोटो नै थिएन । उसले त्यसको पृष्ठभूमि जान्ने कुरै भएन । ज्यापूले पनि टौदहमुनि नागराजसम्म पुग्ने बाटो नै थाहा पाएनछ । त्यसै बेलादेखि प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथको जात्रामा जावलाखेलको च्वासका नर्नीमा भोटो सुरक्षित छ है भनी देखाउने परम्परा छ । राष्ट्रप्रमुख र जीवित देवीकुमारीको समुपस्थितिमा भोटो प्रदर्शन गर्ने प्रचलन कायम छ ।




भर्खरै