गोरखा । गोरखा नगरपालिकाको एक विद्यालयमा १ कक्षामा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएको छन् । माघ महिनाको २० गते उक्त घटना भएको हो ।
उक्त घटनाको भोलीपल्ट विद्यालयको एसेम्ब्लीमा बच्चीले बलात्कृत गरेको बालकलाई औल्याएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बालक सोही विद्यालयको ६ कक्षामा पढ्ने १३ वर्षको रहेको खुलेको छ ।
गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परिक्षण गरिएको छ, तर रिर्पोट भने आउन बाँकी नै रहेको छ । बालिकाकी आमाले प्रहरीलाई बताए अनुसार बालिकाको स्वास्थ्य र शारीरिक अबस्था हेर्दा बलात्कृत भएको खुलेको हो ।