१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि



अ+ अ-

काठमाडौं ।  बैतडिकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। बिहीबार साँझ मृत फेला परेकी दोगडाकेदार गाउँपालिका ७ की भट्टको पोष्टमार्टम रिपोर्ट बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पुष्टि भएको हो । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तम सुवेदीका अनुसार भट्टको जिल्ला अस्पताल बैतडीमा पोष्टमार्टम गरिएको थियो ।  ‘पोष्टमार्टम रिपोर्टमा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखियो,’ उनले भने।

उनले सामूहिक बलात्कार हो वा होइन भन्नेबारे थप परीक्षण भइरहेको जानकारी दिए। बुधबार हराएकी भट्टको बिहीबार विभत्स अवस्थामा शव फेला परेको थियो। 

घटनामा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नै अनुसन्धान अधिकृत भएर काम गरिरहेका छन्।