४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादले मुम्बईलाई दियो २७८ रनको कीर्तिमानी लक्ष्य



अ+ अ-

काठमाडौँ । सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई २७८ रनको कीर्तिमानी लक्ष्य दिएको छ । हैदराबादले जोडेको यो रन आईपीएल इतिहासमै सबैभन्दा धेरै हो ।

यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले पुणे वारियर्सविरुद्ध २६३ रन जोडेको थियो । टस हारेर ब्याटिङ थालेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन जोड्यो ।

हैदराबादका लागि ट्राभिस हेडले ९ चौका ३ छक्काको मद्दतमा २४ बलमा ६२, अभिषेक शर्माले ३ चौका ७ छक्काको मद्दतमा २३ बलमा ६३ रन जोड्दा एडेन मार्करम २ चौका र १ छक्काको मद्दतमा २८ बलमा ४२ तथा हेनरिक क्लासेन ३४ बलमा ८० रनसहित अविजित रहे । क्लासेनले ४ चौका र ७ छक्का प्रहार गरे । यस्तै मयंक अग्रवालले ११ रन जोडे ।

मुम्बईका सबै बलरहरुले धेरै रन खर्चिए । हार्दिक पाण्ड्या, जेराल्ड कोत्जे र पियुष चावलाले एक–एक विकेट लिए ।