५ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादले मुम्बईलाई दियो २७८ रनको कीर्तिमानी लक्ष्य



अ+ अ-

काठमाडौँ । सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई २७८ रनको कीर्तिमानी लक्ष्य दिएको छ । हैदराबादले जोडेको यो रन आईपीएल इतिहासमै सबैभन्दा धेरै हो ।

यसअघि २०१३ मा रोयल च्यालेन्जर्स बैंगलोरले पुणे वारियर्सविरुद्ध २६३ रन जोडेको थियो । टस हारेर ब्याटिङ थालेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन जोड्यो ।

हैदराबादका लागि ट्राभिस हेडले ९ चौका ३ छक्काको मद्दतमा २४ बलमा ६२, अभिषेक शर्माले ३ चौका ७ छक्काको मद्दतमा २३ बलमा ६३ रन जोड्दा एडेन मार्करम २ चौका र १ छक्काको मद्दतमा २८ बलमा ४२ तथा हेनरिक क्लासेन ३४ बलमा ८० रनसहित अविजित रहे । क्लासेनले ४ चौका र ७ छक्का प्रहार गरे । यस्तै मयंक अग्रवालले ११ रन जोडे ।

मुम्बईका सबै बलरहरुले धेरै रन खर्चिए । हार्दिक पाण्ड्या, जेराल्ड कोत्जे र पियुष चावलाले एक–एक विकेट लिए ।