• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   सरकारको स्थीरतामा कुनै समस्या छैन,अहिलेको समीकरण पूरै कार्यकाल जान्छ: प्रधानमन्त्री ★   आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना: विभाग ★   गर्मी छल्न नरपानी ★   सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ ★   नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध ★   आजको आईपीएल: प्लेअफको सम्भावना कायम गर्न गुजरातले कोलकातालाई जित्नैपर्ने ★   वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती ★   कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत, कांग्रेस अनुपस्थित ★   मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’ ★   स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री

एमाले कास्कीको अध्यक्षमा खगराज समूहका क्षेत्री निर्वाचित



पोखरा । नेकपा एमाले कास्की जिल्लाको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका हुन् ।

उनले ५५१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३४९ मत ल्याए । बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उम्मेदवार थिए ।

जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समूहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समूहले प्यानलनै बनाएर चुनाव लडेका थिए ।

एमाले कास्कीको निर्वाचनमा ९३५ मतदातामध्ये ९१४ ले मतदानमा भाग लिएका थिए ।