• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

एमाले कास्कीको अध्यक्षमा खगराज समूहका क्षेत्री निर्वाचित



पोखरा । नेकपा एमाले कास्की जिल्लाको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका हुन् ।

उनले ५५१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३४९ मत ल्याए । बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उम्मेदवार थिए ।

जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समूहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समूहले प्यानलनै बनाएर चुनाव लडेका थिए ।

एमाले कास्कीको निर्वाचनमा ९३५ मतदातामध्ये ९१४ ले मतदानमा भाग लिएका थिए ।