• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा ★   राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य ★   माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन ★   एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ? ★   ‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’ ★   छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र ★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ ★   बेसहाराको आश्रयस्थल बन्दै बालगृह ★   मधेश सरकारबाट बाहिरियो माओवादी ★   इजरायल आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार नजिक

उपप्रधान एवं गृहमन्त्रीसँग नेपालका लागि चीनका राजदूत छन सोङको भेट



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि चीनका राजदूत छन सोङबीच भेटवार्ता भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा चीनका राजदूत छन सोङले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै, एक चीन नीतिप्रति नेपाल सरकारलाई धन्यवाद प्रकट गर्नुभयो ।

यस्तै, नेपालको बृहत्तर हितका लागि सधैं सहकार्य हुने भन्दै राजदूत छनले सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको औंल्याउनु भयो ।

उहाँले कानून कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभूवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिवी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विशेषतः विपद्का बेला चीनले गर्दै आएको सहयोग अविष्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राख्नुभयो ।

यस्तै उहाँले सुरक्षा प्रणालीको सुधार, अध्यागमन प्रणालीको आधुनिकी र प्रविधिकीकरण, विपद् व्यवस्थापन, सीमा व्यवस्थापनका साथै व्यापार प्रवद्र्धन र पर्यटन क्षेत्रमा थप सहयोग र सहकार्य आवश्यक रहेको औंल्याउनु भयो।

मन्त्री लामिछानेले चीनका केही सहरबाट भैरहवा र पोखरामा सीधा हवाई उडानको अपेक्षा राख्दा राजदूतले अधिकतम् प्रयास भइरहेको जानकारी दिनुभयो । चीनका राजदूतले समकक्षी वाङ्ग छियाहङ्गका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निमन्त्रण दिनुभएको थियो ।