४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

के रोहित शर्मा अर्को सिजन कोलकाताको हिस्सा हुनेछन् ?



अ+ अ-

एजेन्सी । शनिबार कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्यो । यो जितपछि श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकाता नाइट राइडर्स प्लेअफमा पुगेको छ ।

यसैबीच, मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीचको खेलपछि रोहित शर्माको तस्बिर भाइरल भइरहेको छ ।

वास्तवमा रोहित शर्मा कोलकाता नाइट राइडर्सका प्रशिक्षक र खेलाडीसँग बसेको देखियो । यस क्रममा लामो कुराकानी भयो । यसपछि सामाजिक सञ्जालमा लगातार विभिन्न किसिमका अड्कलबाजी भइरहेको छ ।

सामाजिक सञ्जालमा फ्यानहरूले रोहित शर्मा आईपीएल २०२५ मा कोलकाता नाइट राइडर्सको हिस्सा हुने बताएका छन् ।

यो सिजन सुरु हुनुअघि मुम्बई इन्डियन्सले हार्दिक पाण्ड्यालाई कप्तान बनाएको थियो । त्यसपछि रोहित शर्मा खुसी नभएको समाचारमा दाबी गरिएको थियो । तर, अहिले सामाजिक सञ्जालमा भाइरल भएको तस्विरका आधारमा रोहित शर्मा अर्को सिजन कोलकाता नाइट राइडर्सको हिस्सा बन्न सक्ने बताइएको छ ।

यसै क्रममा कोलकाता नाइट राइडर्सको स्पोर्ट्स स्टाफमा रहेका पूर्व पाकिस्तानी लेजेन्ड क्रिकेटर वसीम अकरमको बयान पनि आएको छ । वासिम अक्रमले रोहित शर्मा अर्को सिजन मुम्बई इन्डियन्सको हिस्सा नहुने बताएका छन् ।

‘म यो ब्याट्सम्यानलाई कोलकाता नाइट राइडर्समा हेर्न चाहन्छु । रोहित शर्मालाई ओपनरको रूपमा, गौतम गम्भीरलाई मेन्टरको रूपमा र श्रेयस अय्यरलाई कप्तानको रूपमा हेर्न पाउनु ठूलो अनुभूति हुनेछ । यसबाहेक रोहित शर्मालाई इडेन गार्डेनको पिच मन पर्नेछ । ’ उनले भने ।