१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५।४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ ।

ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताउनुभयो । ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिनुभयो । घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिनुभयो ।