२३ जेष्ठ २०८३, शनिबार
,
Latest
यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज हैदराबाद र मुम्बई भिड्दै, दुबै टोली पहिलो जितको खोजीमा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा आज सनराइजर्स हैदरावाद (एसआरएच) ले पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई) को सामना गर्दैछ ।

खेल बेलुका ७ः४५ बजेदेखि हैदरावादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

जारी सिजनमा दुवै टोलीको यो दोस्रो खेल हुनेछ । दुवैले ओपनिङ खेलमा हार बेहोरेका थिए । हैदराबाद कोलकाता नाइट राइडर्स र मुम्बई गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

आर्र्इपीएलमा हैदरावाद र मुम्बईबीच हालसम्म २१ खेल खेलिएका छन् । हैदरावादले ९ र मुम्बईले १२ खेल जितेका छन् । हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा दुवै टोलीको कीर्तिमान बराबर छ । यहाँ एसआरएच र एमआईबीच हालसम्म ८ वटा खेल भएका छन् । हैदरावादले ४ र मुम्बईले त्यति नै खेल जितेको छ ।

हैदरावाद क्रिकेट स्टेडियम आफ्नो समतल विकेटका लागि परिचित छ । यहाँको पिच ब्याटिङमैत्री छ । यहाँ उच्च स्कोरिङ खेलहरू देखिएका छन् । बलरहरूलाई पनि यहाँ मद्दत मिल्छ ।

यस रंगशालामा हालसम्म ७१ आईपीएल खेल भइसकेका छन्, जसमध्ये ३१ खेल पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले जितेको छ भने ४० खेल चेज गरेको टोलीले जितेको छ ।

आज हैदरावादको मौसम धेरै तातो हुनेछ । यहाँको तापक्रम २४ देखि ३८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । पानी पर्ने सम्भावना कत्ति पनि छैन ।