१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यावधि निर्वाचनः वैशाख १७ गते ४० जिल्ला, २७ गते ३७ जिल्लामा चुनाव हुँदै



अ+ अ-

काठमाडौं । वैशाख १७ र २७ गते दुई चरणमा हुने भनिएको मध्यावधि निर्वाचनमा वैशाख १७ गते ४० जिल्लामा मात्रै निर्वाचन हुने भएको छ ।  त्यस्तै २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ । वैशाख १७ गते कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने  र वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय हिजो (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्दै सरकारले वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषण गरेको हो । 

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसामु सिफारिस गरेका थिए । त्यसपछि राष्ट्रपतिले सदर गरिदिएकी थिइन् ।