६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेल्सलाई पेनाल्टीमा हराउँदै पोल्याण्ड युरो कपमा छनोट



अ+ अ-

काठमाडौँ । पोल्याण्ड आगामी जुनमा जर्मनीमा हुने युरो कपका लागि छनोट भएको छ । गएराति भएको प्लेअफ फाइनल खेलमा वेल्सलाई पेनाल्टीमा ५–४ गोलले पराजित गर्दै पोल्याण्डले युरो कपको टिकट काटेको हो ।

जितसँगै पोल्याण्ड युरो कपमा छनोट हुने अन्तिम राष्ट्र बन्यो । वेल्सको कार्डिफ सिटी स्टेडियममा भएको खेलमा दुबै टोलीबाट निर्धारित ९० तथा अतिरिक्त समयसम्म पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पोल्याण्डले प्रतियोगितामा लगातार पाँचौं पटक स्थान सुरक्षित गरेको छ । योसँगै पोल्याण्ड फ्रान्स, नेदरल्याण्ड्स र अस्ट्रियासँग समूह डी मा रहनेछ ।

‘यो सजिलो थिएन किनभने हामीलाई घरेलु मैदानमा वेल्स खतरनाक छ भन्ने थाहा थियो । हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो आफ्नै खेल खेल्नु थियो र हामीले त्यही गरेका छौँ ।’ पोल्याण्डका म्यानेजर माइकल प्रोबियर्सले भने ।