२९ कार्तिक २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार विदेशी विनिमयदर बढ्यो, हेर्नुहोस् खरिददर र बिक्रिदर कति छ ?



अ+ अ-

काठमाडौं । मंगलबार विदेशी विनिमयदर बढेको छ ।  यस दिन अमेरिकी डलरसहित केही देशको विनिमयदर बढेको हो । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ४ तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८४ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८६ रुपैयाँ ४४ पैसा तोकिएको छ ।  यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४४ पैसा तोकिएको छ ।

त्यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ४५  पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ २७ पैसा तोकिएको छ। एक बहराईन दिनारको खरिददर ३ सय ८ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ४३ पैसा तोकिएको छ ।