४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई सिरिज, आयरल्याण्ड वल्भ्समाथि सहज जित



अ+ अ-

काठमाडौँ । नेपालले ट्वान्टी–२० शृङ्खलाको उपाधि जितेको छ । दोस्रो खेलमा आयरल्याण्ड वल्भ्सलाई ७१ रनले हराउँदै नेपालले सिरिजमाथि कब्जा गरेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड वल्भ्स १८.३ ओभरमा अलआउट हुँदै १२७ रनमात्रै बनाउन सक्यो ।

स्टेफेन डोहेनीले २६, मोर्गान टोपिङले २१, केड कारमाइकलले १८, रोस अडाइर र निल रकले १७–१७, ग्यारेथ डिलानीले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आयरल्याण्ड वल्भ्सलाई सस्तैमा समेट्न कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिए भने करण केसी, कुशल भुर्तेल, विवेक यादवले १–१ सफलता हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो ।

नेपालका लागि गुलशन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल शाहले १२ र आसिफ शेखले ११ रन जोडे ।

बलिङतर्फ आयरल्याण्ड वल्भ्सका म्याथ्यु फोस्टरले ३ बेन ह्वाइटले २ विकेट लिए भने गाभिन होए र फिओन हाण्डले १–१ विकेट लिए ।

हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले छ विकेटले जित निकालेको थियो । नेपालले टी–२० विश्वकपको तयारीस्वरुप यस सिरिज खेलेको हो ।