५ भाद्र २०८३, शुक्रबार
,
Latest
पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई सिरिज, आयरल्याण्ड वल्भ्समाथि सहज जित



अ+ अ-

काठमाडौँ । नेपालले ट्वान्टी–२० शृङ्खलाको उपाधि जितेको छ । दोस्रो खेलमा आयरल्याण्ड वल्भ्सलाई ७१ रनले हराउँदै नेपालले सिरिजमाथि कब्जा गरेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड वल्भ्स १८.३ ओभरमा अलआउट हुँदै १२७ रनमात्रै बनाउन सक्यो ।

स्टेफेन डोहेनीले २६, मोर्गान टोपिङले २१, केड कारमाइकलले १८, रोस अडाइर र निल रकले १७–१७, ग्यारेथ डिलानीले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आयरल्याण्ड वल्भ्सलाई सस्तैमा समेट्न कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिए भने करण केसी, कुशल भुर्तेल, विवेक यादवले १–१ सफलता हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो ।

नेपालका लागि गुलशन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल शाहले १२ र आसिफ शेखले ११ रन जोडे ।

बलिङतर्फ आयरल्याण्ड वल्भ्सका म्याथ्यु फोस्टरले ३ बेन ह्वाइटले २ विकेट लिए भने गाभिन होए र फिओन हाण्डले १–१ विकेट लिए ।

हिजो भएको यस शृङ्खलाको पहिलो खेलमा नेपालले छ विकेटले जित निकालेको थियो । नेपालले टी–२० विश्वकपको तयारीस्वरुप यस सिरिज खेलेको हो ।