३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भ्यालेनटाइन डे’ का लागि एक करोड बराबरको फूल आयात हुँदै



अ+ अ-

काठमाडौं । नेपालमा यस वर्ष 'प्रणय दिवस' अर्थात 'भ्यालेनटाइन-डे' का लागि १ लाख २० हजार बराबरको स्टिम गुलाफको बजारमा माग रहेको छ । काठमाडौं उपत्यकामा करिब ७२ हजार र उपत्यका बाहिर ४८ हजार स्टिम गुलाफ खपत हुने भएको फ्लोरिकल्चर एशोसियसन अफ नेपाल (फ्यान) ले अनुमान गरेको हो । फ्लोरिकल्चर एशोसियसनका अध्यक्ष कुमार का अनुसार डच रोज तथा कलकत्ते लोकल रोजको माग रहेको छ । 

प्रेम दिवसका लागि भने हरेक वर्ष गुलाफको आयात बढ्दै गइरहेको छ । गत वर्ष १ लाख २० हजार स्टिम गुलाफको फूल आयात भएको थियो भने यो वर्ष २४ हजार स्टिम घटेको छ । गत वर्ष प्रति स्टिम रु ८० देखि सयको हाराहारीमा २ लाख स्टिम गुलाफको कारोवार भएको थियो । यस वर्ष बजारको मागअनुसार २० प्रतिशत अर्थात् २४ हजार स्टिम गुलाफ मात्र आन्तरिक उत्पादन भएको जनाएको छ  ।

त्यसैगरी ८० प्रतिशत अर्थात् ९६ हजार स्टिम गुलाफको फूल भने बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्यक्ष कसजुले बताउनुभयो । फागुन महिनामा यो दिवस मनाउने हुदाँ जाडो मौसम रहेकाले गुलाफको आन्तरिक उत्पादनमा कमी आएपछि वर्षेनी आयात बढेको उहाँले बताउनुभयो । फूलको गुणस्तरअनुसार प्रति स्टिमको ६० देखि सय रुपैयाँसम्म मुल्यमा बिक्रि हुने गरेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा गुलाफ फूलको व्यावसायीक खेती मुख्य गरी काठमाडौं उपत्यका भित्र चितवन र काभ्रेपलाञ्चोकमा रहेको छ भने अन्य जिल्लाहरुमा पनि व्यावसायीक खेती विस्तार हुने क्रममा रहेको छ । यस दिन प्रेमी जोडीहरुले एक–अर्कालाई उपहार स्वरुप विभिन्न फूल र कार्ड आदनप्रदान गर्ने चलन छ । सोही अवसरमा यस दिन करोडौं रुपैयाँको गुलाफ फूलको कारोवार समेत हुने गरेको छ ।