• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो: कप्तान चेम्जोङ ★   शीतगृहले धरानका किसानलाई राहत ★   ‘दिवाली होस् या होली, अनुष्का लव कोहली’, ‘१० रुपैयाको पेप्सी, कोहली भाई सेक्सी’ ★   समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग ★   थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु ★   सङ्खुवासभामा पहिरोले तीन घर बगायो ★   जसपा नेपालको महाधिवेशन: अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै ★   सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सचेतक बराल ★   आजको विकासको भोक मेट्न भावी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगको अन्धाधुन्ध विनाश रोकौँ: महामन्त्री शर्मा ★   काँग्रेस सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग

‘मेरो टी–२० खेल यात्रा अझै बाँकी नै छ’



एजेन्सी । आईपीएलको १७ औँ सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पहिलो खेल जिताउन मद्दत गरेपछि विराट कोहलीले आफूमा अझै धेरै टी–२० क्रिकेट बाँकी रहेको बताएका छन् ।

उनले ७७ रनको इनिङ खेल्दै आरीसीबीलाई १७७ रनको लक्ष्य पछ्याउन मद्दत गरेका थिए । खेलपछि विराटले भने, ‘मानिसहरूले मैले विश्वभर टी–२० ढाँचाको प्रवर्द्धन गरून् भन्ने चाहन्छन् तर मलाई थाहा छ मेरो खेल अझै समाप्त हुन बाँकी छ ।’

सोमबार भएको खेलमा आरसीबीले पञ्जाब किंग्स (पीबीकेएस)लाई ४ विकेटले पराजित गरेको थियो । दिनेश कार्तिक र महिपाल लोमरले ४८ रनको महत्वपूर्ण साझेदारी गरे । ७७ रन बनाएका विराट खेलको प्लेयर अफ द म्याच भए ।

‘अति उत्साहित नहुनुहोस्, २ खेल मात्रै भएका छन् । मानिसहरू तथ्याङ्क र उपलब्धिहरूको बारेमा कुरा गर्छन् तर अन्त्यमा सम्झनाहरू मात्र रहन्छन् ।’ खेलपछि विराटले भने, ‘जब तपाईं फ्यानहरू र साथीहरूसँग पूर्ण हृदयले खेल्नुहुन्छ, तपाईंले राम्रो सम्झनाहरू सिर्जना गर्नुहुन्छ जुन तपाईं आफ्नो करियर समाप्त भएपछि पनि सम्झन चाहनुहुन्छ । मैले वर्षौंदेखि प्रशंसकहरूको माया, यी सम्बन्धहरू र टोलीको समर्थन पाइरहेको छु र म यसको लागि आभारी छु ।’

विराटले भने, ‘मलाई थाहा छ मेरो नाम अहिले विश्वमा टी–२० क्रिकेटको प्रवद्र्धनमा जोडिन थालेको छ तर मलाई लाग्छ मेरो खेल अझै बाँकी छ । म अझै पनि खेल जित्न सक्छु ।’

‘म ग्यापमा कभर ड्राइभ राम्रोसँग खेल्छु, तर रबाडा र अर्शदीपले मलाई यो शट सजिलै खेल्न दिने छैनन् । उनीहरुको अगाडि बाउन्ड्री खोज्नुपर्छ, त्यसैले अगाडि बढेर भित्र बाहिर शट खेल्नु राम्रो विकल्प हो ।’ उनले थपे ।