• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान ★   सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छ: मेटमणी चौधरी ★   इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर ★   ताप्लेजुङमा बाढीले पुल बगाएपछि सडक अवरुद्ध ★   बन्दीपुर केवलकार व्यावसायिक रुपमा सञ्चालन ★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने

‘मेरो टी–२० खेल यात्रा अझै बाँकी नै छ’



एजेन्सी । आईपीएलको १७ औँ सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पहिलो खेल जिताउन मद्दत गरेपछि विराट कोहलीले आफूमा अझै धेरै टी–२० क्रिकेट बाँकी रहेको बताएका छन् ।

उनले ७७ रनको इनिङ खेल्दै आरीसीबीलाई १७७ रनको लक्ष्य पछ्याउन मद्दत गरेका थिए । खेलपछि विराटले भने, ‘मानिसहरूले मैले विश्वभर टी–२० ढाँचाको प्रवर्द्धन गरून् भन्ने चाहन्छन् तर मलाई थाहा छ मेरो खेल अझै समाप्त हुन बाँकी छ ।’

सोमबार भएको खेलमा आरसीबीले पञ्जाब किंग्स (पीबीकेएस)लाई ४ विकेटले पराजित गरेको थियो । दिनेश कार्तिक र महिपाल लोमरले ४८ रनको महत्वपूर्ण साझेदारी गरे । ७७ रन बनाएका विराट खेलको प्लेयर अफ द म्याच भए ।

‘अति उत्साहित नहुनुहोस्, २ खेल मात्रै भएका छन् । मानिसहरू तथ्याङ्क र उपलब्धिहरूको बारेमा कुरा गर्छन् तर अन्त्यमा सम्झनाहरू मात्र रहन्छन् ।’ खेलपछि विराटले भने, ‘जब तपाईं फ्यानहरू र साथीहरूसँग पूर्ण हृदयले खेल्नुहुन्छ, तपाईंले राम्रो सम्झनाहरू सिर्जना गर्नुहुन्छ जुन तपाईं आफ्नो करियर समाप्त भएपछि पनि सम्झन चाहनुहुन्छ । मैले वर्षौंदेखि प्रशंसकहरूको माया, यी सम्बन्धहरू र टोलीको समर्थन पाइरहेको छु र म यसको लागि आभारी छु ।’

विराटले भने, ‘मलाई थाहा छ मेरो नाम अहिले विश्वमा टी–२० क्रिकेटको प्रवद्र्धनमा जोडिन थालेको छ तर मलाई लाग्छ मेरो खेल अझै बाँकी छ । म अझै पनि खेल जित्न सक्छु ।’

‘म ग्यापमा कभर ड्राइभ राम्रोसँग खेल्छु, तर रबाडा र अर्शदीपले मलाई यो शट सजिलै खेल्न दिने छैनन् । उनीहरुको अगाडि बाउन्ड्री खोज्नुपर्छ, त्यसैले अगाडि बढेर भित्र बाहिर शट खेल्नु राम्रो विकल्प हो ।’ उनले थपे ।