• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

पाँच बंगलादेशी नागरिक पक्राउ



symbolic picture

काठमाडौँ । गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेको आरोपमा बंगलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

भिसा अवधि समाप्त पश्चात् गैरकानुनी तवरले बंगलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढंगले बसोबास गर्नाका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये विश्वास र मियाँलाई यही चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो । निजहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको छ ।