६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी र मधेशमा आज पानी पर्ने



अ+ अ-

काठमाडौं । कोशी र मधेस प्रदेशमा अहिले पानी परिरहेको छ । गएराति पनि यी दुवै प्रदेशमा पानी परेको छ ।

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकाले पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र मधेश प्रदेशमा आज दिनभर जसो बदली हुने र पानीपर्ने छ ।

बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । अहिले बागमती प्रदेशकाा एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका थोरै स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि देशभर आंशिक बदली रहने छ । पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।