३ आश्विन २०८१, बिहीबार
,
Latest
गुलशनको विश्व कीर्तिमान, क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पारे संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालको प्रजातन्त्रको जग दह्रो हुदैन : राणा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालको प्रजातन्त्रको जग दह्रो हुन नसक्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला समितिद्धारा आयोजित ‘चुनाव चिन्ह अनावरण, काठमाडौँ जिल्ला समायोजन घोषणा सभा तथा काठमाडौंबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई सम्मान कार्यक्रम’ मा बोल्दै अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बनाउनुपर्ने बताउनुभएको हो । उहाँले यसनिम्ति राजतन्त्र नल्याई सुख नहुने पनि बताउनुभयो । कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै उहाँले यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफुहरुको मुद्धाले प्राथमिकता पाउने जिकिर गर्नुभयो ।

अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनको निम्ति कम्युनिष्टलाई जनादेश दिईएको भएपनि ३ वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताउनुभयो । पार्टी संगठन गरेर गए मुलुकलाई भरपर्दो दिशामा लैजाने आफुहरुलाई मौका आएको पनि उहाँको भनाई छ ।

त्यसैगरी, कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष कमल थापाले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पार्टीको तिनै अध्यक्षले पवित्र धार्मिक ग्रन्थ गितालाई छोएर पार्टी कहिल्यै नफुटाउने र फुट्न नदिने प्रतिज्ञा गरेको उहाँको भनाई छ । पार्टी विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उहाँले पार्टीका लाखौँ कार्यकताको भविष्य अन्धकार बनेको पनि बताउनुभयो । आफ्नो पिढी राजनीतिक जीवनको उत्तराद्र्धमा लाग्न लागेको भन्दै उहाँले यस्तो बेलामा पार्टी फुटाउने अपराध गर्न नसक्ने उहाँको भनाई छ । अध्यक्ष थापाले केही वर्ष भित्रमै असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना गराउने दाबी पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताको सहानुभुति आफ्नो पार्टीसँग रहेको दाबी गर्नुभयो । जनता कांग्रेस र नेकपासँग चेतिसकेको भन्दै उहाँले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफुहरु सक्षम भए जनताले साथ दिने बताउनुभयो ।

अध्यक्ष लोहनीले जनताको सद्भावनालाई बोकेर लैजाने क्षमता कति आउँछ नेतृत्वको चुनौति पनि त्यही रहेको औँल्याउनुभयो ।