६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओली आदित्य मोक्षधाम–काव्य गोष्ठीमा सहभागीे



अ+ अ-

काभ्रेपलाञ्चोक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन गर्नुभएको छ । धामको अवलोकनपछि उहाँले तेस्रो मोक्षधाम काव्य–गोष्ठीमा सहभागिता जनाउनुभयो ।

गोष्ठीमा एमालेका उपमहासचिव एवम् साहित्यकार प्रदीप ज्ञवालीले ‘काष्ठमण्डपमा एक्लो परेवा’ शीर्षकमा कविता वाचन गर्नुभएको थियो । यस्तै गोष्ठीमा डा बुनु दाहाल, मुराहरि सिग्देल, रामप्रसाद पन्त, ममता मिर्दुला, विजयध्वज थापा, सुष्मा आचार्यलगायत १ं७ जना कवि एवं कवयित्रीले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । प्रस्तुत कविता विशेषगरी आध्यात्मिक ज्ञान एवम् चैतन्य आदित्य ९बाल योगी० को विचार–दर्शनसँग मिल्दाजुल्दा थिए ।

केही वर्षअघि ‘गुगल ब्वाई’ का रुपमा चर्चामा आउनुभएका आदित्य दाहाल हाल १४ वर्षको हुनुभयो । चार वर्षको उमेरदेखि ध्यान–साधनाको अभ्यास गर्न थाल्नुभएका आदित्यको सोही समयदेखि केही शारीरिक दुर्बलता रहेपछि परिवारद्वारा देशविदेशमा उपचारको प्रयास गरेपनि हुन सकेको थिएन । आदित्यकै नाममा गत वर्षदेखि पनौतीको दारिमबोटमा उक्त धाम निर्माण सुरु गरिएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष ओलीले संक्षिप्त मन्तव्य राख्दै चैतन्य आदित्यको दर्शन र विचार एवं गुरु विनाको सिकाईले विज्ञानलाई चुनौति दिएको बताउनुभयो । “आदित्यसँग अध्ययन एवं गुरु विना विभिन्न भाषामा ज्ञान, विचार, दर्शन लेख्नसक्ने अलौकिक क्षमता देखिन्छ, उहाँका सत्य विचार, सत्मार्ग, शान्ति र सुखका हितकारी चिन्तन् ममनयोग्य पनि छन्” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले निर्माणाधीन उक्त मोक्ष धाममा हाल भइरहेको धार्मिक गतिविधिको जानकारीसमेत लिनुभयो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको थियो ।

सो अवसरमा मोक्षधाम निर्माण समितिका संयोजक रामेश्वर थापाले हाल आदित्य स्तम्भको निर्माण भइरहेको जानकारी गराउँदै धाम क्षेत्रमा एक सय आठ धार्मिक (अनौठो र विलक्षण तथा कलात्मक र दिव्यताले भरिपूर्ण) संरचना निर्माण हुने बताउनुभयो । उहाँका अनुसार ऋषिभूमि–यज्ञभूमि नेपाललाई विश्वभर चिनाउने अलौकिक गन्तव्य बनाउने उद्देश्यका साथ आदित्य मोक्षधाम निर्माण सुरु गरिएको हो ।

मोक्षधामलाई भविष्यमा योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञान केन्द्रका रुपमा परिचित गरी एक धार्मिक गन्तव्य बनाइने परियोजना तयार गरिएको छ । रासस