३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद आमिरले टी–२० विश्वकपका लागि सन्यास फिर्ता लिए



अ+ अ-

एजेन्सी । पाकिस्तानका देब्रे हातका मध्यम गतिका बलर मोहम्मद आमिरले टी–२० विश्वकपका लागि सन्यास फिर्ता लिँदै टोलीमा फर्किएका छन् ।

आमिरले जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने टी–२० विश्वकपका लागि आफूलाई उपलब्ध भएको घोषणा गरेका छन् ।

ट्विट गर्दै आमिरले आफूलाई पाकिस्तान क्रिकेट टोलीका लागि उपलब्ध भएको घोषणा गरेका हुन् । आमिरले २०१९ मा टेस्ट क्रिकेटबाट र डिसेम्बर २०२० मा सेतो बल क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

अर्कोतर्फ पाकिस्तानका स्पिन अलराउन्डर इमाद वासिम पनि दुई दिनअघि अर्थात मार्च २३ मा सन्यास फिर्ता लिएर फर्किएका छन् । ३५ वर्षीय खेलाडीले नोभेम्बर २०२३ मा सन्यास लिएका थिए ।

आमिरले पाकिस्तानका लागि ५० टी–२० अन्तर्राष्ट्रिय खेलमा ५९ विकेट लिएका छन् । जहाँ उनको उत्कृष्ट प्रदर्शन १३ रनमा ४ विकेट थियो । यसबाहेक उनले ३६ टेष्ट खेलमा ११९ विकेट लिएका छन् भने ६१ एकदिवसीय खेलमा ८१ विकेट लिएका छन् ।