२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी सरुवामा नयाँ मापदण्ड



अ+ अ-

काठमाडौं । सरकारले कर्मचारीलाई पायक पर्ने  स्थानमा  सरुवा  हुन  सक्ने  गरी  नयाँ  मापदण्ड  कार्यान्वयनमा  ल्याएको  छ । कर्मचारी  समायोजनका  क्रममा  अपायक  स्थानमा समायोजन  भएका कर्मचारीलाई सहजीकरण गर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन/मिलानसम्बन्धी  मापदण्ड  माघको  दोस्रो  सातादेखि कार्यान्वयनमा ल्याएको हो । मन्त्रालयले उक्त मापदण्ड कार्यान्वयनमा  ल्याएसँगै  मन्त्रालयमा  अनलाइनमार्फत  १५०  जना  कर्मचारीले  समायोजन  मिलानसम्बन्धी  निवेदन  दिएको  मन्त्रालयले  जनाएको  छ  ।  सरकारले

दुई  वर्षअघि  ८२  हजार  जना  कर्मचारीलाई  सङ्घ,  प्रदेश र स्थानीय तीनै तहमा समायोजन  गरेको  थियो  ।  त्यस  समायोजनका  क्रममा  घर पायक नभएका, आफूले रोजेको  कार्यालयमा  काम गर्न  नपाएका,  व्यक्तिगत  र पारिवारिक रूपमा समस्यामा परेका कर्मचारीलाई सहजीकरण गर्ने गरी मन्त्रालयले मापदण्ड कार्यान्वयनमा ल्याएको  मन्त्रालयका  सहसचिव  नारायणप्रसाद  अर्यालले जानकारी दिए । उनका अनुसार समायोजन मिलान गर्दा सङ्घबाट प्रदेश वा स्थानीय तहमा, एक प्रदेशबाट अर्को प्रदेशमा, प्रदेशबाट स्थानीय तहमा र एक स्थानीय तहबाट अर्को स्थानीय  तहमा  समायोजन  हुन  सक्ने  गरी  मापदण्ड  निर्माण  गरी  कार्यान्वयनमा  ल्याएको  हो  ।

 “कर्मचारी  समायोजन मिलान गर्दा आउने र जाने तहबीच दोहोरो सहमति हुुनुपर्छ”, अर्यालले भने, “एउटा तहको मात्र सहमतिमा कर्मचारी समायोजन मिलान हुँदैन ।” समायोजन मिलान गर्दा स्थानीय तहबाट प्रदेश र  सङ्घमा  जान  पाइने  छैन  तर  सङ्घ  र  प्रदेशबाट  स्थानीय  तहमा  जान  समायोजन  मिलान  गर्न  सकिने व्यवस्था गरिएको छ । कर्मचारी  समायोजन  मिलान  गर्न  कर्मचारीको  न्यूनतम  सेवा अवधि तीन वर्ष हुुनुपर्ने व्यवस्था गरिएको छ । कर्मचारी  समायोजन  भइसकेपछि  बढुवा  भएका,  समायोजनपछिका  नयाँ  विज्ञापनमा सिफारिस भई प्रदेश तथा स्थानीय तहमा नियुक्ति पाएका र मूल समायोजनपछि दुई  पटकसम्म  समायोजन  संशोधन  भएका  कर्मचारीको  समायोजन हुन नसक्ने व्यवस्था गरिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।




भर्खरै