२५ जेष्ठ २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अबदेखि विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको पूर्वस्वीकृति नचाहिने



अ+ अ-

काठमाडौं । अबदेखि विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैङ्कको पूर्वस्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी लागनी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ अनुसार उद्योग विभाग वा लगानी बोर्डले स्वीकृति दिएपछि सहजै विदेशी लगानी भित्र्याउन पाइनेछ । यसअघि विदेशी लगानी भित्र्याउँदा राष्ट्र बैङ्कसँग पूर्वस्वीकृति लिनु अनिवार्य थियो । कतिपयले त्यस्तो व्यवस्थाले गर्दा लगानीकर्तालाई झन्झट हुने गरेको गुनासो गर्दै आइरहेका थिए ।

पूर्वाधार विकासका लागि नेपालमा लगानीको आवश्यकता हुँदै आए पनि विदेशी लगानीकर्ता आकर्षित हुन सकेका छैनन् । विदेशी लगानी आकर्षित हुन नसक्नुमा अप्ठेरो सरकारी नीतिकलाई संशोधन गर्नुपर्ने माग उठ्दै आइरहेको छ ।

नयाँ व्यवस्था अनुसार लगानी स्वीकृत भएपछि विदेशी मुद्रा विदेश पठाउनुअघि राष्ट्र बैङ्कलाई जानकारी गराउनुपर्ने व्यवस्था कायम राखिएको छ । नागरिक दैनिकमा समाचार छ ।




भर्खरै