२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयबाट फर्कँदै गरेकी छात्रालाई चक्कु देखाएर होटलमा लगेर बलात्कारको प्रयास



अ+ अ-

काठमाडौं । विद्यालयबाट फर्कँदै गरेकी एक १५ वर्षीया छात्रामाथि बाँकेमा बलात्कारको प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्ने छात्रा घर फर्कंदै गर्दा स्थानीय युवाले बलात्कारको प्रयास गरेका हुन् ।

आफूसँग नगए चक्कु देखाएर मार्ने धम्की दिँदै नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर बलात्कारको प्रयास गरेकोपीडित परिवारले जनाएको छ। ‘केही बोलिस् भने तँलाई मारिदिन्छु। चुप लागेर मसँग हिड् भन्दै होटलसम्म लग्यो। बलात्कार गर्न नसकेपछि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको हो’, आफन्तले भने ।

उनका अनुसार मुख, ओठ र घाँटीमा जुत्ता र मुड्की प्रहार भएको छ। घटनाको ४ दिनसम्म पनि मुखमा जुत्ताको डाँम नै थियो। डोरीले घाँटी कसेर, नाक, कान र मुख नाकबाट रगत आएपछिअचेत अवस्थामा मर्‍यो भनेर केटा भागेको छ। घटना माघ १६ गतेको हो । तीन दिनअघि छात्राकी आमाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।