• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकप खेलाइएको न्युयोर्कको नासाउ काउन्टी स्टेडियम भत्काइँदै ★   नेपालबाट तीन अर्ब बढीको हस्तकला विदेश निर्यात ★   जसपा महाधिवेशन: अध्यक्षमा उपेन्द्रले लिए शपथ, अन्य पद सहमतिबाट टुङ्ग्याउने ★   लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना ★   कुवेत आगलागीमा ४२ भारतीयको मृत्यु भएको पुष्टि ★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो ★   खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने ★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु ★   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही ★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’

३० बलमा ४३ रन आवश्यक तापनि मुम्बई कसरी हार्यो ? अन्तिम पाँच ओभर यस्तो रह्यो



एजेन्सी । गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको खेल सोचेभन्दा रोमाञ्चक सावित भएको छ । गुजरातका लागि ४५ रनको इनिङ खेलेपछि साई सुदर्शनले आफ्नो टोलीले राम्रो फिल्डिङ गरेमा १६८ रनको स्कोर रक्षा गर्न सक्ने बताएका थिए ।

उनको भविष्यवाणी सही साबित भएको छ, किनभने विशेष गरी अन्तिम ५ ओभरमा भएको बलिङमार्फत गुजरातले लगभग हारिसकेको खेल आफ्नो पोल्टामा पार्यो ।

मोहित शर्मा, उमेश यादव र राशिद खान जस्ता विश्व–स्तरीय बलरहरूले गुजरात टाइटन्सलाई अन्तिम ५ ओभरमा मुम्बई इन्डियन्सलाई हराउन मद्दत गरे । १५ ओभरको अन्त्यमा मुम्बई इन्डियन्सको स्कोर ३ विकेटमा १२६ रन थियो र टोलीलाई जितका लागि ५ ओभरमा ४३ रन आवश्यक थियो ।

रोमाञ्चक अन्तिम ५ ओभर
१६ औं ओभरमा मोहित शर्मा बलिङ गर्न आए, जसमा उनले ४ रन मात्र दिए । यो ओभरमा खेलको टर्निङ प्वाइन्ट पनि आयो किनभने ओभरको पाँचौं बलमा डिवाल्ड ब्रेभिसलाई मोहितले आफैँले क्याच आउट पारे । ब्रेभिस ४६ रन बनाएर क्रिजमा थिए, त्यसैले उनको आउट मुम्बई इन्डियन्सका लागि ठूलो झट्का थियो ।

रसिद खानले गरेको १७ औं ओभरमा पनि ३ रन मात्रै बनेको थियो, जसका कारण मुम्बई धेरै हदसम्म ब्याकफुटमा परेको थियो । ओभरमा ३ सिंगल मात्र आयो र यहाँबाट मुम्बईलाई अन्तिम ३ ओभरमा ३६ रन चाहिएको थियो ।

१८ औं ओभर पनि मोहित शर्माको हातमा दिइएको थियो । मोहितले ओभरको पहिलो ४ बलमा ९ रन दिएका थिए । खेलमा मुम्बई पुनरागमन गर्दैछ जस्तो लाग्थ्यो तर ओभरको अन्तिम बलमा टिम डेभिड पनि डेभिड मिलरको हातमा क्याच आउट परे ।

१९औं र महत्वपूर्ण ओभर स्पेन्सर जोन्सनले फ्याँके, जसलाई यसअघि नराम्ररी पिटिएको थियो । तिलक वर्माले आफ्नो पहिलो बलमा गगनचुम्बी छक्का प्रहार गरे पनि दोस्रो बलमा तिलकले ठूलो शट खेल्ने क्रममा आफ्नो विकेट गुमाए । जोन्सनको ओभरमा ८ रन आयो र मुम्बई इन्डियन्सलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो ।

२० औं ओभरमा कप्तान हार्दिक पाण्ड्याले उमेश यादवको अगाडि ठूला शट खेल्नु परेको थियो । पहिलो बलमा छक्का र दोस्रो बलमा चौकाले मुम्बईको आशा फेरि बलियो बनाएको थियो तर तेस्रो बलमा गलत समयमा लिएको शटका कारण हार्दिक लङअनमा क्याचको शिकार बने । अर्को बलमा पियुष चावला पनि प्याभिलियन फर्किए । उमेश यादवले ह्याट्रिक पूरा गर्न सकेनन्, तर गुजरातको ६ रनले जित सुनिश्चित गरे ।