• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

होली खेल्ने क्रममा ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुई जनाको हत्या



काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या भएको छ ।

होली खेल्ने क्रममा विवाद हुँदा गएराति करिब ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुई जनाको निधन भएको हो ।

मृत्यु हुनेमा २८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राई रहेको प्रहरीले जनाएको छ । मृतकको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ ।