४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो महिनामा तुलसीका पातको यस्तो छन् १० फाइदाँहरु



अ+ अ-

१) रुघाखोकी लागेर हैरान हुनुभएको छ भने पानीमा तुलसीको पात हालेर उमालेर यसको पानी पिउनुहोस् राहत पाउनु हुनेछ ।

२) घाँटी खसखस गर्दा पनि तुलसीपातको पानी लाभकारी हुन्छ ।

३) श्वास गनाउँछ भने तुलसी र अदुवा पानीमा राखी उमाल्ने र यसमा महमा हालेर खाने । यसो गर्दा श्वासको दुर्गन्ध हराउँछ ।

४) तुलसीपातको सेवनले किड्नी बलियो बनाउँछ । मह र उमालेको तुलसीपातका पानी पिउनाले किड्नीमा देखापरेको पथरी छ महिनामा हट्ने सम्भावना रहन्छ ।

५) तुलसी खाने गर्नाले रगतमा कोलेस्ट्रोलको मात्रा घट्छ । त्यही भएर मुटुसम्बन्धी रोगीका लागि तुलसी ज्यालै लाभदायक हुन्छ ।

६) बढी नै तनाव हुने गरेको छ भने दिनहुँ १२ वटा तुलसीको पत्ता खाने गर्नुपर्छ । यसमा पाइने तत्वले शरीरमा स्ट्रेस हर्मोनको मात्रालाई कम गर्छ ।

७) अल्सर र मुखसम्बन्धी रोगका लागि पनि तुलसीको पात खानु राम्रो हो । दिनहुँ तुलसीका पात चपाएर खानाले मुखमा आएका घाउखटिरा हराएर जान्छन् ।

८) दाद, लुतोलगायत छालासम्बन्धी समस्याले हैरान बनाएको छ भने तुलसी पिनेर संक्रमणग्रस्त ठाउँमा लगाउँदा राहत मिल्छ ।

९) तुलसीको पत्ता सुकाएर यसमा तोरीको तेल मिसाइ दाँत माझ्ने गर्नाले मुख गनाउने समस्या हटेर जान्छ ।

१०) टाउको दुखेको बेला तुलसीको पात हालेर उमालिएको पानी खाँदा सञ्चो हुन्छ । एजेन्सीको सहयोगमा