• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

जर्मनीमा सडक मै बग्यो चकलेटको नदी !



एजेन्सी । अहिलेसम्म तपाईले  सडकमा पानी, फोहार, हिलो वा ढल बगेको देख्नु भएको होला । तर के तपाईले कहिल्यै सडकमा चकलेटको नदि बगेको देख्नु वा सुन्नु भएको छ ।

जर्मनीको वेस्टोनन नामक शहरको सडकमा अचानक भारी मात्रामा चकलेट बगेको थियो । अचानक यस प्रकार भएको घटनामा चकलेटको नदि बगेझै देखियो । खासमा वेस्टोननमा एक चकलेटको उद्योग थियो । जहाँ चकलेट स्टोरेजको एक ट्यांक लीकेज भएर सडकमा चकलेट बग्न थाल्यो ।

यति ठुलो मात्रामा भएको लिकेजका कारण उद्योगबाट एक टन चकलेट १ हजार अर्थात १ हजार लिटर चकलेट सडकमा बगेको थियो । यसका कारण केहि घण्टासम्म उक्त सडकमा आवागमन बन्द भएको थियो । सडकमा सवार यात्रुहरु चिप्लिएका थिए । यति धेरै मात्रामा सडकमा चकलेट बगेपछि फायर ब्रिगेड बोलाउनु परेको थियो ।